Month: November 2022

१५२ यात्रु बोकेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण

१५२ यात्रु बोकेको नेपाल एयरलाइन्सको जहाज बंगलादेशमा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको जहाजलाई बंगलादेशमा आकस्मिक अवतरण गराइएको छ ।नेपाल एयरलाइन्सका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशको चटगाउँ अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो । आरए ४०१ उडान नम्बर रहेको ए ३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाजलाई पुनः बैंकक उडाउने तयारी भइरहेको एयरलाइन्सको भनाइ छ ।‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कु...

बैतडीमा घाँटी रेटेर युवतीको हत्या

बैतडीमा घाँटी रेटेर युवतीको हत्या
धनगढी । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगैकी अर्की किशोरी घाइते छन् ।बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार ...

किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न
गैंडाकोट। किसान बचत तथा ऋण सहकारी संस्था एकाई २ को २७ औं साधारणसभा सम्पन्न भएको छ । किसान साकोसको कावासोती, संवृद्धि डण्डा, कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीवास, भविष्यनिर्माण, पिठौली र विष्णुनगर सेवाकेन्द्र अन्तर्गत एकाई २ अन्तर्गतको साधारण सभा संस्थाका अध्यक्ष  श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएकाे हाे । यसै आर्थिक बर्षमा दिगंवत हुनुभएका संस्थाकाे सञ्चालक समितिका सचिव  अनिल सापकोटा र प्रमुख कार्यकारी अधिकृत  गणेश शर्मा पौडेल प्रति श्रद्धाञ्जली दिएर सुरू गरिएको २७ औं...

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने
काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ ।निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र...

सुनसरीमा एमालेको विजय जुलुसमा झडप, १२ जना घाइते

सुनसरीमा एमालेको विजय जुलुसमा झडप, १२ जना घाइते
सुनसरी – सुनसरीमा नेकपा एमालेले विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको विजयी र्‍यालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । दुहबी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको घर नजिक विजय र्‍यालीमा अबिर लगाउने क्रममा कांग्रेसका कार्यकर्तालाई लागेर विवाद हुँदा झडप भएको सुनसरी प्रहरीले जनाएको छ । झडपका क्रममा दुई पक्षकै गरेर १२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइर...

विजय गच्छदारलाई हराउदै सुनसरीमा भगवती चौधरी विजयी

विजय गच्छदारलाई हराउदै सुनसरीमा भगवती चौधरी विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा बहने देखिने छैनन् । एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छद...

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !

जाडोमा नुहाउँदा यी कुरामा ध्यान दिनुहोस्, जान्नैपर्ने यी ५ कुराहरू !
काठमाडौं । जाडो सुरु भएको छ र जाडोमा नुहाउने तरिकाबारे हामी सबैलाई थाहा हुनुपर्छ । जाडो सुरु हुनासाथ मानिसहरु नुहाउने कुरामा डराउन थाल्छन् । यहीँ डरका कारण मानिसहरु जाडोमा हप्ताको ३–४ दिन मात्रै नुहाउने गर्छन् । कतिपयले हप्तामा एकपटक मात्र नुहाउने गर्छन् । जाडो होस् या गर्मी सबैले दिनहुँ नुहाउनुपर्छ ।किनभने दिनभर काम गर्दा शरीरमा धुलो र फोहोर जम्मा हुन्छ, जसकारण हाम्रो शरीरको बाहिरी छालामा रहेका छिद्रहरू बन्द हुन्छन् । शरीरमा पाइने अत्यधिक गर्मी र विषाक्त तत्व छालामा रहेको...

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने
चितवन–भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ ।मंगलबार ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक क्षेत्राधिकार मिचेर बनाईएका टहरा, कम्पाउण्डवाल एवं अन्य सरंचरनाहरु, स्वीकृत नलिई भवनका अगाडि न...

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ

सुकुम्बासी बस्तीका बासिन्दाद्धारा काठमाडौं महानगर घेराउ
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६...