नवलपुर। नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।नेकपा एमालेका उम्मेदवारको रुपमा नवलपरासी(सुस्ता पुर्ब)  क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गरेका हुन् ।

कावासोती स्थित पार्टी कार्यलय बाट नारा जुलुस सहित उनी निर्वाचत अधिकृतको कार्यालयमा पुगेका थिए ।मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी नवलपुरबासिको परिवर्तनको चाहना लाई आफ्नो क्षेत्रका मतदाताले मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गरि प्रकट गर्ने तथा पुराना प्रतिनिधीले यहाँको बिकास निर्माणमा टेवा पुराउन नसकेकोले आफुलाइ मतदान गरि बिजय गराएमा नवलपुर बासिको सपना पूरा गर्ने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया