×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको कखरा मन्टेश्वरीमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । मन्टेश्वरीको नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुलले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा विद्यार्थीहरुलाई तिजको धार्मिक एवंम् सांस्कृतिक महत्वको बारेमा जानकारी गराउनुका साथै एकल तथा सामुहिक नृत्य गराउनुका साथै शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा दरखाने कार्यक्रम गरिएको प्रवन्ध निर्देशक गणेश अधिकारीले जानकारी दिनुभयो ।

नेपाली सँस्कृतिको जगेर्ना गर्दै साना नानीबाबुहरुलाई त्यसप्रति शिक्षा प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको प्राचार्य गायत्री ढकालले बताउनु भयो ।उहाँका अनुसार मन्टेश्वरीमा अध्ययनरत सबै छात्राहरुलाई चुरा उपलव्ध गराइएको थियो ।

यसैविच कखरा मन्टेश्वरीले बेष्ट टिचर अफ फस्टटर्म को रुपमा रचना थापालाई सम्मान गरेको छ । मन्टेश्वरीलाई पुर्याएको योगदानका आधारमा उहाँलाई बेष्ट टिचर अफ फस्ट टर्मको उपाधी प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया