गैँडाकोट । नवलपुरको गैँडाकोटबाट ५० वर्षीय पुरुष एकसातादेखि हराएका छन् । जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. ४ बस्ने ५० बर्षका काशिराम सापकोटा साउन ९ गतेदेखि सम्पर्क बिहिन भएको भएको प्रहरीले जनाएको छ ।

व्यवसायी  रहेका सापकोटा चितवनको फिस्लीङमा तरकारी लिनको लागि भनेर हिडेको भएपनि हालसम्म परिवारक सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले सापकोटाको खोजिका लागि प्रहरी कार्यालयमा परिवारले निवेदन दर्ता गराएको उज्यालोलाई बताए ।

तपाईको प्रतिक्रिया