गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित शाइनिङ आवासीय माविका सुमित सुवालले एसइइ परीक्षामा ३.९५ जीपीए  ल्याएका छन् ।नवलपुरका संस्थागत विद्यालयहरुमा सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको शाइनिङले यसवर्ष पनि ३.९५ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएको हो । सुमित स्कूलका मेहनती र अब्बल विद्यार्थी रहेको प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

शाइनिङ माविबाट एसइइ दिएका विद्यार्थी मध्ये ६० प्रतिशतले ‘ए’ प्लस, ‘ए’,र ‘बी’ प्लस ल्याएका छन् । भने बाँकी ४० प्रतिशत विद्यार्थीहरुको ‘बी’ आएको छ । शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण राम्रो नतिजा प्राप्त गरेको प्राचार्य दवाडीले बताउनुभयो ।

आजभन्दा २८ वर्ष अगाडि ४५ जना विद्यार्थीहरुबाट सुरु भएको शाइनिङको यात्रा हाल आएर फराकिलो भएको छ । नर्सरीदेखि कक्षा १२ सम्म हाल एघारसय बढी विद्यार्थी विद्यालयमा अध्यययन गर्दै आइरहेका छन् भने ६५ जना पूर्णकालिन भने शिक्षक तथा कर्मचारीहरु विद्यालयमा आवद्ध छन् ।शाइनिङ आवासीय माविले कक्षा ११ मा विभिन्न संकायमा भर्ना आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया