काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा  एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।एसईईमा ४१ हजार ६२७ जनाले ३।२० देखि ३।६०, ६९ हजार ९०० जनाले २।८० देखि ३।२० जीपीए र ९० हजार ७५८ जनाले २।४ देखि २।८० जीपीए ल्याएका छन् ।

सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २।४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १।६ देखि २ जीपीए ल्याएका छन् । १।२ देखि १।६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०।८० जीपीएदेखि १।२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

यसरी हेर्न सकिन्छ रिजल्ट:

तपाईको प्रतिक्रिया