×

चितवन ।  पत्रकार  कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह फरार भएका छन् ।आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर आज सोमबार दिउँसोसम्म पनि प्रमुख सिंह पक्राउ नपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीसहित पुगेको महासंघको टोलीसंग कुरागर्दै प्रमुख जिल्ला अधिकारी तामाङले विद्यतुका प्रमुख सिंह पक्राउ नपरेको जानकारी दिनुभयो ।पत्रकार आचार्यमाथि कुटपिटको घटनामा संलग्न रहेको भन्दै विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंहसहित आठ जना कर्मचारीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।

 

 

तपाईको प्रतिक्रिया