गैँडाकोट । नवलपुरको गैँडाकोटमा सुनका गरगहना र मोबाईल चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ प्रतिभाटोल स्थित जयराम उपाध्यायको घरबाट आज विहान तीन तोला सुन र तीन थान मोबाइल चोरी भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

विहान साढे ५ वजे घरमा सबैजना पुजा गर्न मन्दिर हिडेको मौका पारेर चोरी भएको प्रहरीले जनाएको छ । घटनाका सम्वन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया