चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ । मधुमेहका बिरामीलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

नेपालमा दिनहुँ मधुमेहीको संख्या बढिरहेकाले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले बताएको छ । अस्पतालले मध्यनेपालमा पहिलोपटक मधुमेह स्क्रीनिङ क्लिनिक सञ्चालनमा ल्याइएको दाबी गरेको छ । क्लिनिकमा हप्ताका सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेहका बिरामीको निःशुल्क रूपमा मधुमेह परीक्षण गरिने बताइएको छ । मधुमेहका बिरामीलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा भने ५० प्रतिशत छूट दिइने अस्पतालको भनाइ छ । सो सुविधा एउटा बिरामीले हरेक तीन महीनामा एकपटक पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया