चितवन ।  चितवन स्थित सृजना स्कुलमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ। सोही स्कुलको अल्मुनाई एशोसियशनले आयोजना गरेको सिविर मा ४७७ जनाकाे  स्वास्थ परिक्षण गरिएकाे छ ।

स्कुलका सस्थापक प्राचार्य चिरञ्जीवी थापाको प्रथम पुण्य तिथिको अवसरमा आयोजित सो सिविर मा डा.भोजराज अधिकारी ,डा. नारायण बहादुर थापा, डा. सुमित पाण्डे, डा.बिश्वास गुरुङ, डा. मनोज कंडेल , डा सुदिप कौडेल, डा. सरिता राना गुरुङ, डा. दिपेश क्षेत्री, डा. मनोज बाबू अधिकारी , डा. पुकार न्यौपानेले स्वास्थ्य जाँच गरेका थिए।

सो सिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्त्री रोग, चिनी रोग, बाल रोग, आँखा,हाड जोर्नी रोग, जनरल मेडिसिन लगायतका सेवाहरु प्रदान गरिएको थियो।सोही स्कुलकी पूर्व विद्यार्थी मान्यता थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी समाज का अध्यक्ष डा. बिश्वाश गुरुङ, सुमन कार्की,सक्रिय बिक्रम थापा, साहित्यकार सिम्रन क्षेत्री ,सुशील भट्टराई , बिमला गुरुङ लगायतले श्रद्धाञ्जली मन्तव्य ब्यक्त गरेका थिए। साथै सोही स्कुलका शैक्षिक सल्लाहकार कपिल ज्ञवाली, पूर्व शिक्षक ध्रुब किरण रेग्मी , प्राचार्य मुनु थापाले समेत श्रद्धाञ्जली मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया