नवलपुर । नवलपुरको गैँडाकोट इङलिस स्कुललाई अमेरिकाको शिक्षा प्रणालीमा भएको विकासका सन्दर्भमा  ज्ञान हाँसिल गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको छ ।गैँडाकोट इङलिस स्कुलका प्राचार्य हिरालाल अर्याल अमेरिकाको मोन्टाना विश्वविद्यालयमा युएस ईन्स्टिच्युट  फर सेकेन्डरी एजुकेटर्स कार्यक्रममा भाग लिनुभएको नेपाल स्थित अमेरिकि दुतावासले जनाएको छ ।

अमेरिकामा भएको चारहप्ते गहन शैक्षिक कार्यक्रममा विभिन्न देशका शिक्षकहरुले शैक्षिक भ्रमणमा भाग लिएका थिए । नेपालबाट गैँडाकोट इङलिस स्कुलका प्रचार्य अर्याल मात्र सो कार्यक्रममा सहभागी हुनुभएको हो ।

“अनुभवी वक्ताहरू, कार्यशालाहरू, र मोन्टाना विश्वविद्यालयमा फिल्ड ट्रिपहरू मार्फत, आफुले माध्यमिक शिक्षाका साथ साथै अमेरिकी संस्कृतिका बारेमा पनि जानकारी हासिल गरेको भन्दै प्राचार्य अर्यालले अमेरिकी शिक्षा प्रणालीको बुझाइ विकास गर्ने उत्कृष्ट अवसर प्राप्त भएको बताउनुभयो ।

अमेरिकामा चारहप्ता सम्म गरिएकाे शैक्षिक भ्रमण र सिकाइले स्कुललाई नयाँ उचाइमा पुर्याउन मद्धत गर्ने भन्दै प्राचार्य अर्यालले विश्ववजारमा शिक्षा क्षेत्रमा भएका विकास र  प्रविधिलाई समेत स्कुलमा लागु गर्न पहल गर्ने बताउनु भयाे ।

तपाईको प्रतिक्रिया