Month: July 2022

वडा अध्यक्षले नै अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाए

वडा अध्यक्षले नै अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाए
बागलुङ –बागलुङको जैमिनी नगरपालिका वडा न।९का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट एक युवतिलाई गर्भवती बनाएका छन् । जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ बर्षीय युवतिलाई ४३ बर्षीय थापाले गर्भवती बनाई बागलुङ बजारको एक घरमा राखेको श्रोतले बताएको छ । घरमा एक श्रीमति ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतिलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो ।नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफु अविवाहित रहेक...

नवलपुरको गैँडाकोट ४ का सापकोटा साउन ९ गतेदेखि बेपत्ता

नवलपुरको गैँडाकोट ४ का  सापकोटा साउन ९ गतेदेखि बेपत्ता
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट ५० वर्षीय पुरुष एकसातादेखि हराएका छन् । जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. ४ बस्ने ५० बर्षका काशिराम सापकोटा साउन ९ गतेदेखि सम्पर्क बिहिन भएको भएको प्रहरीले जनाएको छ । व्यवसायी  रहेका सापकोटा चितवनको फिस्लीङमा तरकारी लिनको लागि भनेर हिडेको भएपनि हालसम्म परिवारक सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले सापकोटाको खोजिका लागि प्रहरी कार्यालयमा परिवारले निवेदन दर्ता गराएको उज्यालोलाई...

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको रक्तदानमा ५९ युनिट रगत संकलन

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको रक्तदानमा ५९ युनिट रगत संकलन
पोखरा। इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रम...

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त
 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनध...

प्राध्यापक,सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न त्रिवि सेवा आयोगलाई अनेरास्ववियुकाे माग

प्राध्यापक,सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न  त्रिवि सेवा आयोगलाई अनेरास्ववियुकाे माग
काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न माग गरेको छ।सेवा आयोगले अन्तर्वार्ता सुरू गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि गरेको अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले बताए। त्रिवि सेवा आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरू गर्ने भनेको थियो।निर्धारित अन्तर्वार्ता तुरून्त सुरू गर्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो। नेविसंघले भने त्रिवि से...

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान

लायन्स तथा लियो क्लबको आयोजनामा बृहत रक्तदान
चितवन ।  भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न ७ लायन्स क्लव तथा १ लियो क्लबको संयुक्त आयोजनामा रक्तदान भएको हो।कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर पि एम जे एफ लायन सिद्वार्थलाल चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लो समय देखियको रगतको चरम अभाबलाई केही हदसम्म भयपनि कमि गर्ने बताउनुभयो।कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभयका गभर्नर चुकेले लायन्स क्लवहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्र...

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने
काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान सवा ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ

गैँडाकोटका विभिन्न घरहरुबाट नगद तथा जिन्सी चोरीगर्ने २ जना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीयहरुको घरमा पसेर नगद, गरगहना र मोबाइल चोरी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकका का ३५ वर्षका शरद गुरुङ र वडा नं. २ शिल्यान्यास चोकका १९ वर्षका जंगे भनेर चिनिने अमित कुमाल रहेका छन् । गुरुङ र कुमालकै मिलेमतोमा गैँडाकोटका विभिन्न वडाहरुमा चोरी डकैती हुँदै आएको प्रहरीले जनाएको छ । उनिहरुले घरको ताल्चा फोडेर नगद सहित गरगहना तथा मोबाइल फोन लगेको प्रहरीको भनाई छ ।पक्राउ परेका गुर...