नवलपरासीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन

नवलपरासीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन
नवलपुर । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । पोखरेल आफ्ने घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौंतरीका स्टेसन म्यानेजर एवं प्रेस सेन्टर नवलपर...

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु
चितवन । भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ ।सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन ...

चितवनमा बाघको आक्रमणबाट एक महिलाकाे मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाकाे मृत्यु
चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जादा बोटेको ज्यान गएको जानकारी दिए ।

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
लमजुङ — आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख निरिक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अ...

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

आईतबार दिदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।  

परासीमा अदालत परिसरमा गोली चल्यो

परासीमा अदालत परिसरमा गोली चल्यो
बुटवल । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भ्याली स्टेटको नमुना पत्रकार सम्मेलन तथा राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न

भ्याली स्टेटको नमुना पत्रकार सम्मेलन तथा राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न
चितवन । चितवन स्थित भ्याली स्टेट कलेजले बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुका लागि ४ दिने मिडिया तथा पब्लिक रिलेशन सम्बन्धि कार्यशालाको आयोजना गरेको थियो।पत्रकार सम्मेलनको आयोजना कसरी गर्ने, प्रेस बिज्ञप्ति कसरी लेख्ने, राष्ट्रिय स्तरका सेमिनार, सम्मेलन कसरी संचालन अनि आयोजना गर्ने बिषयमा सैद्धान्तिक एवम् ब्यबहारिक ज्ञान प्रदान गरिएको थियो। विद्यार्थीहरुले आफुले नै विभिन्न पात्रको भुमिका निर्वाह गर्दै नमुना पत्रकार सम्मेलन र राष्ट्रिय पर्यटन सम्मेलनको आयोजना ग...

फेसबुकका साथीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार

फेसबुकका साथीले बर्थ डे मनाउन बोलाएर गरे सामुहिक बलात्कार
बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध राखेका एक युवाले भेट्न बोलाएर एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेका छन् ।बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए । प्रेमीको जन्म दिन मनाउन बाँके-बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेक...