चितवन – भरतपुरमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २४ का ४३ वर्षीय राजेश वाईबा रहेका छन् ।शुक्रबार अपरान्ह ४: २० बजे सोही स्थानका साथी ६० वर्षीय कृष्णबहादुर लामासँग राप्ती खोला हेर्न गएका वाईबालाई भरतपुर २३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको हो ।

घटना बारे खबार पाएलगत्तै उक्त स्थानमा पुगेको ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले उनको उद्धार गरेको हो । घाईते वाईबालाई उपचारको लागी चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

छाति र कुममा चोट लागेको मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि आज बिहान मात्रै खेतमा तरकारी टिप्न गएका राति नगरपालिका १ का ४३ वर्षीय ईन्द्रबहादुर थिङ  पनि बाघको आक्रमणबाट घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया