गैंडाकोट । गैंडाकोट १ काे  नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। आज अभिभावक भेला गरि समिति गठन गरिएको नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयका प्रधानध्यापक ईन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कविराज आचार्य  चयन हुनुभएको छ त्यस्तै सचिवमा ईन्द्रराज भट्टराई रहनुभएको छ सदस्यहरुमा शुभाकान्त काफ्ले, भागवत अर्याल, कल्पना शर्मा, दुर्गादेिवी पौडेल, शार्दा विक र पदेन सदस्यमा सुरेन्द्रप्रसाद रेग्मी चयन हुनुभएको छ त्यस्तै शिक्षक अभिभावक संघको नयाँ समितिमा संयोजक भगवान घिमिरे चयन हुनुभएको छ।

कार्यक्रममा बोल्दै गैंडाकोट एकका पूर्वअध्यक्ष हरिप्रसाद सापकोटाले बिद्यालयले शिक्षाको क्षेत्रमा निकै राम्रो काम गर्दै आएको र आगामी दिनमा शैक्षिक सुधारका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया