चितवन – बिहानैदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर अवरुद्ध सडक खुलाईएको हो ।

अवरुद्ध सडक आज मध्यान्ह १२स्०५ बजेबाट दुबैतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान ४ बजे नाग्दी खोला र कालीखोलामा पहिरो खसेको थियो । कालीखोलाको पहिरो यस अघि हटाईसकिएको थियो ।

बाटो दुबैतर्फी खुले पनि सहज हुन भने समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण करिब १० घण्टादेखि सवारी साधनमा जाममा परेकोले सहज हुन समय लाग्ने भएको हो ।

तपाईको प्रतिक्रिया