नवलपुर । शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरले साताको २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गराउन सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आग्रह गरेको छ ।नेपाल सरकारले २०७९ जेष्ठ १ गतेदेखि लागुहुनेगरि शनिवार र आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको स्मरण गराउदै सो निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन आग्रह गरेको हो ।

इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलद्धारा जारी सूचनामा सोमबारदेखि शुक्रबारसम्म विहान ९ वजेदेखि अपरान्ह ४ वजेसम्म विद्यालयहरुमा पठनपाठनको ब्यवस्था गर्न भनिएको छ । विद्यालयहरुलाई साताकाे २ दिन विदा कायम गर्दै बार्षिक क्यालेन्डर तयार गर्न समेत आग्रह गरिएकाे छ ।

विद्यालयहरु साताकाे २ दिन बन्द गर्ने बारेकाे पत्र 

तपाईको प्रतिक्रिया