युवासंघ गैँडाकोटले भन्यो : एमालेनै नगरको ‘प्रमुख शक्ति’
गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नेकपा एमाले प्राविधिक रुपमा दोस्रो दल देखिएको भएपनि गैँडाकोटको प्रमुखशक्ति भएको निश्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचनको समिक्षाका साथै आगामी रणनिति तय गर्न बसेको बैठकले नेकपा एमालेनै नगरको प्रमुख शक्ति देखिएको निश्कर्ष निकालेको राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटका सचिव अर्जुन पराजुलीले बताए । नगरअध्यक्ष विनोद कंडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय युवासंघका अधिक...