×

Month: May 2022

गठबन्धन विरुद्ध गैँडाकाेटमा वडाअध्यक्ष जितेका एमाले उमेदवारहरु काे काे हुन् ?

गठबन्धन विरुद्ध गैँडाकाेटमा वडाअध्यक्ष  जितेका एमाले उमेदवारहरु काे काे हुन् ?
नवलपुर । नवलपुरकाे गैँडाकाेटमा नेकपा एमालेले ६ वटा वडाअध्यक्षहरु आफ्नाे पक्षमा पारेकाे छ । नेकपा एमालेकाे तर्फबाट चुनावी मैदानमा हाेमिएका ६ जना वडाअध्यक्षहरु निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धन विरुद्ध लडेर चुनाव जितेका ६ जना एमाले वडाअध्यक्षहरु यी हुन् ।  वडा नम्बर ६ : सुभास चापागाईं वडा नम्बर १० : देवीदत्त कँडेल वडा नम्बर ११ : गोविन्द सुवेदी वडा नम्बर १२ : चक्र कँडेल वडा नम्बर १३ : मधुकर मल्ल वडा नम्बर १४ : कोकिसरा राना मगर  

यी हुन गैँडाकोटमा नेपाली काँग्रेसबाट विजयी हुने ११ वडाध्यक्षहरू !

यी हुन गैँडाकोटमा नेपाली काँग्रेसबाट विजयी हुने ११ वडाध्यक्षहरू !
गैँडाकोट।  गैंडाकोट नगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा  नेपाली काँग्रेसका मदनभक्त अधिकारी र शान्ती कोइराला विजयी भएका छन् । नगरप्रमुख र उपप्रमुख सहित नेपाली काँग्रेस गैँडाकोटका ११ वटा वडामा विजयी भएको छ। १८ वडा रहेको गैँडाकोटमा ११ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ। गैँडाकोटमा ११ वडामा विजयी हुने नेपाली काँग्रेसका उम्मेदवारहरू यी हुन्। गैंडाकोट १ : सुरेन्द्र रेग्मी गैंडाकोट २: प्रकाश सापकोटा गैंडाकोट ३ : शिवकान्त तिवारी गैंडाकोट ४ : तेजप्रसाद घिमिरे गैंडाकोट ...

गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गैंडाकोटको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी
गैंडाकोट । गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी पार्दै नगर प्रमुख पदमा बाजि मारेका थिए । त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् । कोइरालाले र...

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा

एमाले गैँडाकोट २ का अध्यक्ष भूषालद्धारा पदबाट राजिनामा
गैँडाकोट । नेकपा एमाले गैँडाकोट २ का अध्यक्ष भूूमिश्वर भूषाल (राजु)ले पदबाट राजिनामा दिनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदका उमेदवार देशबन्दु सिग्देल सहित अन्य सदस्यहरुले बिजयी हुन नसकेपछि भूषालले राजिनामा दिनुभएको हो । नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेलाई भूषालले बुझाउनु भएको राजिनामा पत्रमा पञ्चायत कालदेखि अहिलेसम्म जनपक्षिय तथा कम्युनिष्ट उमेदवारहरुले विजयी हाँसिल गरेको वडामा आएको मतपरिणामको उल्टो नतिजाले ...

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित

चितवनको माडीको मेयरमा एमालेकी महतो निर्वाचित
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ ।एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए । उपमेयरमा भने कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका...

चितवनकाे माडी ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेन्द्रराज पौडेल विजयी

चितवनकाे माडी ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेन्द्रराज पौडेल विजयी
चितवन । माडी नगरपालिका वडा नं। ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित हुनुभएको छ ।मंगलबार मध्यान्ह सकिएको मतगणना अनुसार एमाले नेता पौडेलले बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली काँग्रेसका प्रत्यासी यमनाथ सुवेदी ९रामु०संगै राप्रपाका गंगा कुमारी गुरुङ, नेपाल दलित पार्टी (ईनार चिन्ह) का धन बहादुर गायक र स्वतन्त्र उम्मेदवार (पुतली चिन्ह) गौरीशंकर ढकाललाई पराजित गर्दै वडाध्यक्षमा जीत हासिल गर्नुभएको हो । निकै प्रतिस्पर्धात्मक बनेको सो वडाको निर्वाचनमा सुर...

गैँडाकोट ९ को अध्यक्षमा काँग्रेसका धामनाथ सापकोटा विजयी

गैँडाकोट ९ को अध्यक्षमा काँग्रेसका धामनाथ सापकोटा विजयी
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ९ को अध्यक्षमा युवा नेता धामनाथ सापकोटा विजयी हुनुभएको छ । नेपाली काँग्रेसका युवा नेता सापकोटा सहित ९ को वडा सदस्यहरुमा समेत नेपाली काँग्रेसकै उमेदवारहरु विजयी भएका छन् । युवा नेता सापकोटाले नेकपा एमालेको तर्फबाट उमेदवारी दिएका अध्यक्ष पदका उमेदवार नेत्रराज सापकोटा लाई पराजित गर्नुभएको हो । यस अघि नेकपा एमालेले जितेको गैँडाकोट ९ मा नेपाली काँग्रेसले बाजी मारेको हाे ।

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी

गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी
गैँडाकोट । गैँडाकोट ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गैँडाकोट ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका होमनाथ सापकोटाले ७६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका नेता लक्ष्मी चौधरीले ४२९ मत प्राप्त गर्नुभएको छ । गैँडाकोट ७ मा १४ सय १७ मत खसेको थियो । महिला वडा सदस्यमा काँग्रेसकी ईश्वरी जिसि ७७१ म्तका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी राप्रपाकी राधिका कुमालको ४ सय १५ मत रहको छ ।दलित महिला सदस्यमा काँग्रेसकी छलिमाया परियारको ७४९ मतका साथ विजयी हुनुभएको छ ।...

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी

गैँडाकाेट वडा नं ६ काे अध्यक्षमा एमालेका चापागाई बिजयी
गैँडाकोट । नेकपा एमालेले नवलपुरको गैँडाकोट नगरपालिकामा खाता खोलेको छ ।गैँडाकोट नगरपालिका वडा नं.६ को अध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेदवारी दिएका युवा नेता सुभाष चापागाईले जित हाँसिल गरेसँगै गैँडाकोटमा नेकपा एमालेले खाता खोलेको हो । एमाले उमेदवार चापागाईले नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षको उमेदवार बनेका दिनुराम सापकोटालाई भारी अन्तरले पराजित गरेका छन्