काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३।६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा।भोजराज काफ्लेले जानकारी दिए ।

गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा।काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’

शैक्षिक सत्र २०७७र७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यका भित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

त्यस्तैब बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकामा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया