चितवन – चितवनका सम्पूर्ण विद्यालय आइतबार बन्द हुने भएका छन् । शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु हुने गरि गरेको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय चितवनमा पनि कार्यान्वयन हुने भएको हो ।

बिहीबार बसेको स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको बैठकले शनिबार र आइतबार सार्वजानिक बिदालाई कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।

इकाइले विद्यालय साबिक बमोजिम नै बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म नै सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यस्तै शुक्रबार १ बजेसम्म विद्यालय सञ्चालन हुँदै आएकोमा अब देखि सो दिन पनि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन हुने निर्णय गरिएको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया