चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले भरतपुरमा मेयरका उम्मेदवार विजयी सुवेदीलाई विजयी गराए विकासको जिम्मा आफूले लिने बताएका हुन् ।
उनले भने, ‘तपाइँहरु विजय सुवेदीको टिमलाई विजयी गराउनुहोस्, यहाँको विकासको जिम्मा मेरो हो ।’ उनले प्रचण्डले मेरो छोरीलाई जिताएनस् भने भनेर कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको बताए । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता रु पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने । ओलीले अघि भने, ‘कांग्रेसका कार्यकर्ता कसरी मन थामेर बसेका छन् ? आफन्त पोस्न आएका छन् । यस्तो सरकारलाई टाटा बाईबाई गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया