Month: May 2022

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ

ठगी गर्दै हिडेका २ जना गैँडाकाेटबाट पक्राउ
गैंडाकोट । आफुलाई कम्पनिको आधिकारिक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट दुईजना ठगहरु पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगी धन्दा गर्दै गर्दा रङ्गेहात पक्राउ गरिएको प्रशंसा सप्लायर्स, अमरापुरीका प्रोप्राईटर केदार पौडेलले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा ललितपुर स्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण–८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट–ज्ञघ, बेल्डियाले जना...

भरतपुर-११ को नवजागृती वनमा जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु

भरतपुर-११ को नवजागृती वनमा जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका ११ स्थित नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषलाई जङगली जनावरले आक्रमण गरेको छ । जनावरको आक्रमणबाट भरतपुर ११ जखडिमाई स्थित कैलाशटोल बस्ने ५१ बर्षिय चाथर कुमालको मृत्यु भएको हो । विहान ११ः३० बजे घरबाट निस्किएका उनलाई अपरान्ह ५ः३० बजे स्थानियले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई जङगली जनावरले आक्रमण गरेको भएपनि कुन जनावरले आक्रमण ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा र...

आयोगद्धारा एमबीबीएस अध्ययन शुल्कमा बृद्धि

आयोगद्धारा एमबीबीएस अध्ययन शुल्कमा बृद्धि
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३।६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा।भोजराज काफ्लेले जानकारी दिए । गत सालको समग्र मूल्यवृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा।काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’ शैक्षिक सत्र २०७...

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली

विश्व धूम्रपानपान रहित दिवसको अवसरमा गैँडाकोटमा विद्यार्थीहरुको र्‍‍याली
गैँडाकोट । विश्व धूम्रपानपान रहित दिवस २०७९ को अवसरमा नवलपुरको गैँडाकोटमा विद्यार्थीहरुले सचेतनामूलक र्‍‍याली निकालेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरीमा अवस्थित किड्स होम एकेडमीका विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका हुन् । विद्यालय परिसरबाट निकालिएको र्‍‍याली स्कुलचोक हुँदै भेँडाबारी बजारको परिक्रमा गरि पुन : विद्यालयमा आएर समापन भएको विद्यालयका प्राचार्य दल कुमारी थनेतले जानकारी दिनुभयो । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु र्‍‍यालीमा सहभागी रहेका थिए ...

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो
काठमाडौँ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । उनका अनुसार काठमाडौँ ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको ...

नापी कार्यालय भैरहवाका अमिन रायमाझी घुससहित पक्राउ

नापी कार्यालय भैरहवाका अमिन रायमाझी घुससहित पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय)  बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए । न्युज कारखाना

कबड्डी ४ की अभिनेत्रीविरूद्ध काठमान्डौमा प्रदर्शन

कबड्डी ४ की अभिनेत्रीविरूद्ध काठमान्डौमा प्रदर्शन
काठमाडौं। कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्।कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो। अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।प्रदर्श...

चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु

चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु
चितवन–चितवनमा श्रीमान्को क्रुर यातनाबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।खैरहनी–१० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनको शव भरतपुर अस्पताल शवगृहमा राखिएको छ । यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए ।चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा...

चितवन निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दा राप्ती–१ की सोतीमाया तामाङको मृत्यु भएको हो । बाघको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घटनास्थलमा पुगेर प्रहरी टोलीले शव जाँचको मुचुल्का तयार गर्ने लगायतका अन...