
गैँडाकोट । नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नं. ६ को वडाअध्यक्षमा सुवास चापागाइलाई उठाउने निर्णय गरेको छ ।पार्टी जिल्ला कमिटी सदस्य समेत रहेका चापागाइलाई गैँडाकोट ६ को वडाअध्यक्षमा उठाउने निर्णय भएको नेकपा एमाले गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनुभयो ।
पार्टी वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा चापागाइको नाममा सहमती कायम गरेको हो । गैँडाकोट ६ को स्थानीय खानेपानी संस्थाको नेतृत्व गरेका चापागाई गैँडाकोट ६ को बलियो उमेदवार हुन् ।