गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्कुटरको ठक्करबाट आज साँझ एक बृद्धको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित राजर्मागमा बा. प्र. ०३-००३ प २८३४ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ७५ वर्षका लालप्रसाद न्यूरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयाे ।

स्कुटरको ठक्करबाट गम्भिर घाईते भएका न्यूरेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बृद्धलाई ठक्करदिने स्कुटर चालक गैँडाकोट ८ का २३ वर्षीया मेनुका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया