नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका भित्रका करिव २५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको टिसिभी खोप लगाइने भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म नगरका २५ हजार बालबालिकाहरुलाइ टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक सरला कुमालले बताउनुभयो ।

विहान १० वजेदेखि दिउसो ३ वजेसम्म तोकिएका ७२ वटा केन्द्रहरुमा पुगेर बालबालिकाहरुलाइ खोप लगाउन सकिने उहाँले बताउनुभयो । २०० भन्दा बढी विद्यार्थी संख्या रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरु सबैलाई खोप केन्द्र बनाइएको छ ।

गैँडाकोट नगरपालिका भित्र रहेका १५ महिनादेखि १५ वर्ष उमेर सम्मका सबै बालबालिकाहरुलाइ खोप अभियानमा सहभागि गराउन उहाँले आग्रह गर्नुभएको छ । गैँडाकोट नगरपालिका भित्रका बालबालिकाहरुलाई भन्दै स्वास्थ्य कार्यालयले ४ हजार ३२ भायल खोप पठाएको छ ।

तपाईको प्रतिक्रिया