गोविन्द घिमिरे
नवलपुर । नवलपरासी (पूर्व)मा ८५ हजार बालबालिकाहरुलाई टाइफाईड विरुद्धको टिसिभी खोप दिईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले दिएको जानकारी अनुसार चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म जिल्लाका चारवटा पालिका र चैत्र २५ देखि चैत्र ३० गतेसम्म चारवटा गरि सबै स्थानीय तहहरुमा टाइफाईड विरुद्धको टिसिभी खोप दिईने भएको हो ।

देवचुली नगरपालिका, कावसोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयीत्रिवेणी गाउँपालिकामा चैत्र २४ गतेदेखि चैत्र ३० गतेसम्म खोप लगाउने कार्यक्रम तय भएको स्थास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुुभयो ।उहाँका अनुसार गैँडाकोट, मध्यविन्दु, बौदीकाली र बुलिगंटार गाउपालिकामा चैत्र २५ गतेदेखि ३० गतेसम्म खोल लगाउने कार्यक्रम छ ।

टिसिभी खोप कार्यक्रम सन्चालन गर्नका लागि जिल्लाभर झण्डै ३०० खोपकेन्द्रहरु निर्धारण गरिएको कार्यालयले जनाएको छ ।विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुले तोकेका स्थानमा गएर १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाईफाईड विरुद्धको खोप दिनेछन् ।

खोपले बालबालिकालाई टाईफाईडबाट सुरक्षित राख्ने भएकाले उमेर पुगेका बालबालिकालाई अनिवार्य खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ । खोपले बालबालिका मा कुनै पनि नकारात्मक प्रभाव नहुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालमा देशैभर एकै चरणमा चैत्र २५ गतेदेखि आगामी २०७९ वैशाख १८ गते सम्म टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन गर्ने राष्ट्रिय खोप समितिले गत फागुन ९ गते गरेको निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया