सुस्मा न्यौपाने
नवलपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा गैँडाकोटका विभिन्न वडाहरुमा उमेदवार हुनेहरुको चाहना सार्वजनिक हुन थालेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी(केन्द्र) सहित अन्य राजनैतिक दलहरुबाट समेत नगरप्रमुख, उपप्रमुख, तथा वडा अध्यक्ष आफ्नो उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ९ का वडा सदस्य समेत रहेका युवा समाजसेवी धामनाथ सापकोटा वडामा बलियो प्रतिष्पर्धीहरुको देखिनुभएको छ।उज्यालो खबरले वडाका केहि प्रतिनिधीहरुसँग लिएको प्रतिकृयाका आधारमा सापकोटा काँग्रेसको तर्फबाट सबैभन्दा बलियो उमेदवार देखिनुभएको हो ।

एकदर्जनभन्दा बढि संघसंस्थामा आवद्ध भएर काम गरेका सापकोटा हरेक उमेरसमुुहसँग नजिक हुनुहुन्छ । वडा सदस्यमा निर्वाचित भएर आएदेखिनै तलव भत्ता बापत बुझेको ६ लाख २९ हजार रुपैया समाजसेवामै खर्च गरे पछि उहाँ थप लोकप्रिय बन्नुभएको हो ।राज्यकोषबाट बुझेको तलव मात्रै नभएर युवा समाजसेवी सापकोटाले आफै ब्यक्तिगत खर्चमा समेत समाजसेवाको क्षेत्रमा रकम उपलव्ध गराउनुभएको छ ।उहाँ भन्नुहुन्छ ,‘जनप्रतिनिधी कर्मचारी होईन।स्थानीय माग र आवश्यकता अनुसारका क्रियाकलाप गर्ने हो।

तलब तथा सेवा सुविधा लिएर दैनिक हाजिर गरेर १० देखी ४ बजेसम्ममात्र काम गर्ने होईन।’ उहाँले आफूले भोट माग्दा जनतासमक्ष जाँदा गरेको वाचा अनुसार समाजसेवामै दैनिक रुपमा समय विताएको बताउनुभयो ।३७ वर्षीय युवा समाजसेवी सापकोटाले आगामी वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरु पहिचान गरि आफैले पठनपाठनको व्यवस्था मिलाउने तयारी समेत रहेको बताउनुभयो ।

त्यसैगरी नगरभित्र रहेका गरिव तथा विपन्न परिवारका लागि झुल वितरण गर्ने योजना रहेको समेत बताउनुभएको छ ।हालसम्म दर्जनौ संघसस्थामा आवद्ध रहेर कुशलतापूर्वक आफ्नो जिम्मेबारी पूरा गर्नुभएका सापकोटाले अव वडा अध्यक्षको नेतृत्व गर्दै वडा नं. ९ लाई नगरकै उत्कृष्ट वडाको रुपमा स्थापित गर्ने लक्ष्य राख्नुभएको छ ।

यी हुन् युवा समाजसेवी सापकोटा आवद्ध रहेका केहि संघसंस्थाहरु
१। नवजागरण ग्रामीण विकासकेन्द्रको संस्थापक सदस्य, हाल सल्लाहकार समिति सदस्य
२ । गैँडाकोट खेलकुद विकास समितिको सदस्य
३। नवजागरण बचत तथा ऋण सहकारी संस्थाको संस्थापक उपाध्यक्ष, अध्यक्ष र सल्लाहकार संयोजक
४। नेपाल तरुणदल तत्कालिन गैँडाकोट गाविसको सदस्य
५। बाँधखोला टोलविकास संस्थाको संस्थापक उपाध्यक्ष
६ । गण्डकी प्रदेश प्रादेशिक क्रिकेटसंघको सेलेक्टर समिति सदस्य
७। नेपाली काँग्रेस गैँडाकोट ९ को सदस्य तथा हाल उपसभापति
८ । गैँडाकोट नगरपालिका वडा नं. ९ को वडासदस्य
९ । लायन्स क्लव अफ बागेश्वरी गैँडाकोट सिटी सदस्य
१० । नवलपुर जिल्ला क्रिकेटसंघको अधयक्ष
११ । मेला काग्युलिङ महाबौद्ध गुम्बा समितिका महासचिव

तपाईको प्रतिक्रिया