×

चितवन। कार्यसम्पादन मूल्याङ्कनमा राप्ती नगरपालिका चितवन जिल्लाकै पहिलो नम्बरमा पर्न सफल भएको छ।प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ७ स्थानीय तहमध्ये राप्ती पहिलो भएको हो ।

प्रतिवेदनमा राप्ती नगरपालिकाले ६६.२८ अंक प्राप्त गरेको छ। राप्ती नगरपालिकापछि मूल्याकंनका क्रममा क्रमशस् कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिका अन्तिममा रत्ननगर नगरपालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जिल्लामा दोस्रो स्थानमा देखिएको कालिका नगरपालिकाले ५८.२८ अंङ्क प्राप्त गरेको छ। त्यस्तै खैरहनी नगरपालिका ५६.३७, माडी नगरपालिका ५५.८८, इच्छाकामना गाउँपालिका ५४.७३, भरतपुर महानगरपालिका ५१.०८ र जिल्लाकै अन्तिममा रहेको रत्ननगर नगरपालिकाले ४८.०९ अंक प्राप्त गरेका छन्।

सो मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरेरनगरेको, आउँदो आर्थिक वर्षको लागि आयरव्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।

तपाईको प्रतिक्रिया