×

Month: February 2022

चितवनकाे खैरहनीबाट पाँच जुवाडे पक्राउ

चितवनकाे खैरहनीबाट पाँच जुवाडे पक्राउ
चितवन–चितवनमा जुवा तास खेल्ने पाँच जना पक्राउ परेका छन् । शनिबार दिउँसो पूर्वीचितवनको खैरहनी नगरपालिका–७, स्थित सुर्तनीमा जुवा तास खेलिरहेको अवस्थामा स्थानीय ५ जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खैरहनी–८ बस्ने बर्ष ४४ का प्रेम प्रसाद महतो, खैरहनी–६ बस्ने वर्ष ४९ का शुसिल रिजाल, खैरहनी–८ बस्ने बर्ष ३४ का दिपक महर्जन, खैरहनी–८ बस्ने वर्ष ४७ का निल बहादुर पुन र खैरहनी–६ बस्ने बर्ष ३३ का दामोदर बस्नेत रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद ७६ हजार ८२० रुपैयाँ बरामद ग...

भरतपुरमा ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण

भरतपुरमा ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण
चितवन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो । भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्...

कृषि विश्वविद्यालयमा  एमाले समर्थित विद्यार्थीको आक्रमणबाट माओवादी निकट विद्यार्थी घाइते

कृषि विश्वविद्यालयमा  एमाले समर्थित विद्यार्थीको आक्रमणबाट माओवादी निकट विद्यार्थी घाइते
चितवन–चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटका विद्यार्थीको आक्रमणबाट नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी घाइते भएका छन् । आज विहान प्याथोलोजी ल्याबमा अध्ययन गरेर फर्किदै गर्दा कृषि शंकायको तेस्रो सेमेस्टमा अध्ययनरत विद्यार्थी आशिष सुवेदीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको छ । केही महिना पहिले मा...

पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी

पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी
गैँडाकोट । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपुर आएकी छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफन्तसहित आएर पीडितले किटानी जाहेरी दिएकी हुन् । दिउसो २ वजे किटानी जाहेरी लिएर पीडित कार्यालय आएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन् ।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्...

नायक पल शाह प्रहरी नियन्त्रणमा

नायक पल शाह प्रहरी नियन्त्रणमा
दमौली: नायक पल शाह प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे । नाबालिग गायिका माथि बलात्कारको अभियोगमा जाहेरी दर्ता भए पछि पक्राउ पूर्जी जारी गरे पनि उनी फरार थिए । शाहले चलचित्रका कारण आफू उपस्थित हुन नसकेको भन्दै आईतबार प्रहरी समक्ष उपस्थित हुने सामाजिक सञ्जालमा लेखेका थिए । तनहुँको दुलेगौडामा एक भिडियो छायाङ्कनका क्रममा एक महिना अघि घटना घटेको अनुमान गरिएको छ ।

गैँडाकोट नगरपालिकामा आज सावर्जनिक विदा !

गैँडाकोट नगरपालिकामा आज सावर्जनिक विदा !
नवलपुर ।  गैँडाकोट नगरपालिकाले आज सावर्जनिक विदा दिएको छ । मगर दिवशको अवसरमा आज नगरभित्र सावर्जनिक विदा दिइएको हो ।नगरपालिकाका मेयर छत्रराज पौडेलद्धारा जारी सूचनामा नगरभित्रका सबै सरकारी कार्यालय, शैक्षिकसंस्था र सावर्जनिक संस्थाहरुमा विदा दिने निर्णय भएको उल्लेख छ । यसअघि जिल्लाका देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङ्गटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका थिए ।

शेखर-शंसाक समुहबाट नवलपुरको काँग्रेस सभापतिमा : जिसी

शेखर-शंसाक समुहबाट नवलपुरको काँग्रेस सभापतिमा : जिसी
नवलपुर । फागुुन १९ र २० गते तय गरिएको नेपाली काँग्रेसको जिल्ला अधिवेशनको लागि नवलपुरमा नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला समूहबाट महेन्द्रध्वज जिसी सभापति पदमा उठ्ने भएका छन् । काठमान्डौमा भएको भेलाले शेखर कोइराला समूहबाट जिसीको नेतृत्वमा जिल्लामा जाने निर्णय गरेको हो । शंसाक कोइरालाको निवास महाराजगंजमा बसेको भेलाले उपसभापतिमा चन्द्र बहादुर राना र महेन्द्र पोखरेललाई अघि बढाउने निर्णय गरेको छ । राना मध्यविन्दु नगरपालिकाका मेयर हुन् भने पोखरेल कावासोतीका काँग्रेसका पाका...

अनलाइन शिक्षाका नाममा अभिभावक ठग्न पाईदैन : अध्यक्ष बराल

अनलाइन शिक्षाका नाममा अभिभावक ठग्न पाईदैन : अध्यक्ष बराल
कावासोती ।अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुतिना बरालले समता मूलक समाज निर्माण गर्नु अनेरास्ववियुको जिम्मेवारी भएको बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी नवलपुरको २५ औं जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष बरालले देशको वर्गीय विभेद, शैक्षिक समानता र जीवन उपयोगी शिक्षाको लागि अखिल अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तरीयता विकासमा सधैँ अनेरास्ववियुले खबरदारी गर्नुपर्ने समेत बताउनुभयो । शिक्षाको विकृति र विसंगति विरुद्धको आन्दोलननै अखिलको मूल लक्ष्य रहेको समेत उहाँले...

नारायणगढको गौरेश्वर पशुपति मन्दिरले फागुन १६ र १७ गते रजत महोत्सव मनाउने

नारायणगढको गौरेश्वर पशुपति मन्दिरले फागुन १६ र १७ गते रजत महोत्सव मनाउने
निर्मल पाैडेल चितवन । नारायणगढको पोखरा बसपार्कमा रहेको श्री गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव मनाउने भएको छ । यही फागुन १६ र १७ गते रजत महोत्सव–२०७८ मनाउन तयारि गरिएको हो ।मन्दिर व्यवस्थापन समितिले आज शनिबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सूर्य कुमार प्रकाण्ड पियाले रजत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । रजत महोत्सवको गलेश्वर आश्रम देवघाधामका पिठाधिस अनन्त श्री विभुषित महा...