×

गाेविन्द घिमिरे

गैँडाकोट । खोप अभियानहरुको समिक्षा, पूर्ण खोप घोषणा र दिगोपना एवंम् सरसफाई पर्वद्धनकाे  निरन्तरताको लागि समिक्षा र सुष्मयोजना तयारी गोष्ठी नवलपुरमा सुरु भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व)को आयोजनामा जिल्लाको गैँडाकोटमा  आईतबारबाट सुरु भएको समिक्षा र सुष्मयोजना तयारी गोष्ठी जिल्लाका सबै पालिकाहरुमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

गैँडाकोटमा २ दिनसम्म भएको कार्यक्रम मार्फत गतआर्थिक वर्षको खोपको प्रगती, खोप सेवा बाट बन्चीत हुनसक्ने वर्गलाई ध्यानमा राखेर पहल गर्ने, आगामी आर्थिक वर्षका खोप तथा खोपजन्य समाग्रीको मात्रा निर्धारण र योजना, पूर्णखोप घोषणा र दिगोपनाको योजना बनाइएको छ ।

कार्यक्रममा स्वास्थ्यसंस्था प्रमुख, खोप कार्यकर्ता र कोल्डचेनमा काम गर्ने स्वास्थ्यकर्मी तथा नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेलले खोप कार्यक्रमलाई प्रथामकितामा राखेर पूर्णखोप घोषणाको लागि प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया