Month: February 2022

एमाले सांसद मोहन बानियाँ पक्राउ

एमाले सांसद मोहन बानियाँ पक्राउ
दाङ । नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोप पक्राउ परेका छन् । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । काठमाडौबाट फर्कदै गर्दा नेपालगंन्जमा बानिया पक्राउ परेका हुन् । नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

नवलपुर र चितवनका पानी उद्योगीद्धारा ३५ लाखमा पानी प्रयोगशाला निर्माण

नवलपुर र चितवनका पानी उद्योगीद्धारा ३५ लाखमा पानी प्रयोगशाला निर्माण
प्रकाश सिग्देल गैँडाकाेट। चितवन नवलपुरका पानी उद्योगले संयुक्त रुपमा नारायणगढमा पानी परिक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् । उनिहरुले पानीको गुणस्तर कायम गरि पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रो वायोलोजि ल्याव खडा गरेका हुन् । माईक्रो वायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छ । चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सि एन वाटर टेस्टिगं एण्ड एनालाईसेस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् । चितवन र नवलपु...

पाँचदलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

पाँचदलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍...

एमसीसी पास गरेकाे विराेधमा कार्यकर्ताद्धारा नेकपा समाजवादी चितवनको कार्यालयमा ताला

एमसीसी पास गरेकाे विराेधमा कार्यकर्ताद्धारा नेकपा समाजवादी चितवनको कार्यालयमा ताला
चितवन –एमसिसि पास भएपछि नेकपा समाजवादीका कार्यकर्ताले चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।कार्यकर्ताका भावना विपरित गएर पार्टी नेतृत्वले एमसिसिको पक्षमा हस्ताक्षर गरेको भन्दै चितवनमा कार्यकर्ताले विरोध जनाएका हुन् । एमसिसिको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न, एमसिसिको विरोधमा लागेर एमसिसि खारेज गर्न, आगामि दिनहरुमा जनता तथा कार्यकर्ताको भावना बुझेर अघि बढ्न माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् । माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उल्लेख गर्दै पार्टी कार्याल...

फागुन २१ गतेदेखि प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता सुरुहुने

फागुन २१ गतेदेखि प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता सुरुहुने
नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोटमा राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता आयोजना हुने भएको छ । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा फागुन २१ गतेदेखि २५ गतेसम्म ‘प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७८’ आयोजना गर्न लागिएको हो ।केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नगरमै पहिलो पटक क्रिक्रेटको ठूलो धनराशी सहितको प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । गण्डकी प्रदेशका ६ जिल्ला तथा नवलपरासी पश्च...

संसदबाट एमसीसी सम्झौता अनुमोदन

संसदबाट एमसीसी सम्झौता अनुमोदन
काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट  अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । नेपालले गरेको १२ बुँदे घोषणा व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त ...

एमसीसीको विरोधमा साेमबार नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा साेमबार नेपाल बन्दको घोषणा
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्धमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका राजनीतिक दलहरुले भोलि सोमवार नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीका विरुद्धमा आम नागरिकले खबरदारी गर्दा गर्दै संसदबाट अनुमोदन गर्न खोजिएको विरोधमा नेपाल बन्द आह्वान गरिएको क्रान्तिकारी नेकपा माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए । एमसीसी विरुद्धमा नेकप...

बाैदीकाली र बुलिङ्गटारलाइ पायक पर्नेगरी इलाका प्रशासन स्थापना गर्न गृहमा सिफारिस

बाैदीकाली र बुलिङ्गटारलाइ पायक पर्नेगरी इलाका प्रशासन स्थापना गर्न गृहमा सिफारिस
नवलपुर  । नवलपुरको पहाडी क्षेत्रका बासिन्दालाई सेवा दिन अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस  गरिएकाे छ । जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रतिनिधी सहितको बैठकले  बुलिङटार गाउँपालिका –६, अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरेकाे प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । बुलिङटार र बौदिकाली गाउँपालिका भित्रका  नागिरकलाई सेवा प्रवाह गर्ने गरि इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए । गृह मन्त्राल...

कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी चितवनमा सम्पन्न

कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी चितवनमा सम्पन्न
चितवन – चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा तीन दिनसम्म चलेको प्रदर्शनी आज (आइतबार) सम्पन्न भएको हो । तीन दिनमा २० हजार भन्दा बढी कृषकले प्रदर्शनी अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ, रुपन्देही, पूर्वको मोरङसम्मका ४० बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनी अवलोकन गरेको उनले जानकारी दिए । आज अन्तिम दिन प्रदेश...