सुस्मा न्यौपाने
गैँडाकोट ।कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गैँडाकोट नगरपालिका वडा नं.२ को कार्यालय केहिदिनका लागि बन्द भएको छ । वडा कार्यालयमा कार्यरत सबै कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय केहिदिनका लागि बन्द गर्नुपरेको हो ।

वडा अध्यक्ष धुव्रराम पौडेलले वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट दिईने सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै वडा अध्यक्ष पौडेलले अत्यावश्क कामहरु परे नगरपालिका कार्यालयबाट समेत गर्न वडाबासीमा अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया