काठमान्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २ महामन्त्रीमा ५ जनाको उम्मेदवारी परेको हो।

सभापति देउवाको तर्फबाट प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन्। यस्तै शेखर कोइरालाको समूहबाट गगनकुमार थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्।प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

तपाईको प्रतिक्रिया