गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले ठुलो संख्यामा शिक्षकहरु माग गरेको छ । नवलपुरमै पहिलो ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल गैँडाकोट ईङलिस स्कुलले प्राथमिक र निम्न माध्यामिक तहमा अध्यापन गराउन सक्ने १० जना शिक्षकहरुको आह्वान गरेको हो ।

निम्न माध्यामिक तहमा अंग्रेजी विषय अध्यापन गराउने २ जना, समाजिक शिक्षाको लागि २ जना तथा विज्ञान, गणीत र कम्प्युटर विषय पढाउन सक्ने १ जना गरि ७ जना शिक्षकहरु माग गरिएको छ । त्यसैगरी स्कुलले प्राथमिक तहमा सबै विषयहरु अध्यापन गराउन सक्ने ३ जना शिक्षकहरु माग गरेको छ । मंसिर ३० गतेसम्मको समयसिमा तोक्दै स्कुलले आवेदन दिन आह्वान गरेको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनसक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विद्यालयमा पुगेर आफ्नो दरखास्त पेश गर्नसक्नेछन् ।

नयाँ शैक्षिकसत्र लागेपछि मात्रै नयाँ शिक्षकहरु ल्याउदा विद्यार्थी र शिक्षकविचको दुरी बढ्ने तथा विद्यालयको वातावरणसँग घुलमिल हुन समय लाग्ने भएकोले शैक्षिकसत्र अगावै  गैँडाकोट ईङलिस स्कुलले शिक्षकहरु आह्वान गरेको हो । स्कुलका प्राचार्य हिरालाल अर्यालले कक्षा अवलोकन र अन्तवार्ताको माध्यमबाट शिक्षहरुको छनौट गरिने बताउनु भयो । उहाँका अनुसार छनाैट भएका सबै शिक्षकहरुलाई स्कुलले २ महिनासम्म विषयविज्ञकाे साथमा राखेर तालिम उपलव्ध गराउने छ ।

गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री तथा बातावरणमैत्री गैँडाकोट ईङलिस स्कुलले शिक्षक तथा कर्मचारीलाई उनिहरुको कार्यक्षमताको आधारमा आर्कषक तलवसुविधा उपलव्ध गराउँदै आएको छ । हाल सो स्कुलमा शिक्षक तथा कर्मचारी गरि ८० जना कार्यरत छन् भने ११ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया