गैँडाकोट । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले कोभिड १९ कारण मृत्यु भएकाहरुको परिवारका लागि ५० हजार रुपैँया आर्थिक सहायता उपलव्ध गराउने भएको छ ।
गैँडाकोट नगरपालिका स्थायी ठेगना भै कोभिड १९ का कारण मृत्यु भएकाहरुका परिवारलाई एकसाता भित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीद्धारा आज जारी सूचनामा आर्थिक सहायता दावी गर्न नगरपालिकाको स्वास्थ्य शाखामा आवश्यक प्रमाणसहित सम्पर्क गर्न भनिएको छ ।

 

 

तपाईको प्रतिक्रिया