Month: November 2021

जेहेन्दार विद्यार्थी प्रोत्साहन सहयोग तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

जेहेन्दार विद्यार्थी प्रोत्साहन सहयोग तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
गैंडाकोट । रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपालले जेहेन्दार विद्यार्थी प्रोत्साहन सहयोग तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका प्रधान संरक्षक श्री चीनबहादुर सारू मगरको अध्यक्षता एव‌म् स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा  बौदीकाली गाऊँपालिका स्थित  बेल भाञ्ज्याङ्ग मा।वि।, नगरडाँडा मा।वि। र सर्वप्रिय आधारभूत बिद्यालयमा अध्ययनरत छात्रा ५ छात्र ७ गरी प्रत्येक विद्यालयबाट ४ जनाको दरले १२ जना जेहेन्दार विद्याथीहरूलाई प्रोत्साहन स्वरूप नगद रू.३०,००० आर...

चितवनमा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन कार्य सुरु हुने

चितवनमा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन कार्य सुरु हुने
चितवन । चितवनमा यहि मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्लाको भरतपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका भित्र बसोबास गरेका र मतदाता नामावलीमा नाम समावेश नभएकाहरुको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्न कार्यालयले आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्क...

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित
चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । नवौं महाधिवेशनमा निर्वाच...

नवलपुरमा माइत हिडेकी २१ वर्षीया कार्की बेपत्ता

नवलपुरमा माइत हिडेकी २१ वर्षीया कार्की बेपत्ता
नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । गत कार्तिक १२ गते आफ्नै घर कावासोती १६ डण्डाको गैरी गाउँदेखि माइत जान्छु भन्दै निस्केकी उनी माइति पक्ष हुप्सेकोट २ कोलियामा पनि सम्पर्कमा न आएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गरेका थिए । प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म पत्ता लगाउन नसकेपछि बेपत्ता महिलाका श्रीमान बिक्रम केसीले ...

नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने

नवलपुरमा मंसिर १७ बाट दुई चरणमा मतदाता नामावली संकलन गरिने
कावासोती । नवलपुरमा मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ ।आठ वटा स्थानीय तह भएको जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालले बताए ।भुसालका अनुसार पहिलो चरणमा जिल्लाको बुलिङ्गटार, बौदीकाली र हुप्सेकोट गाउँपालिकामा मंसिर १७ देखि पुस २ गते सम्म सम्बन्धित गाउँपालिकाको वडामा नै आयोगको टोलि गएर मतदाता नामावली संकलन गरिने छ । त्यसै गरि दोस्रो चरणमा जिल्लाको गैंडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा पुस ५ देखि १९ सम्म टोलि...

पाँच दिन पछि खुल्यो नबजागरण क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला

पाँच दिन पछि खुल्यो नबजागरण क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला
चोरमारा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) नबजागरण क्याम्पस कमिटीले मंसिर ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला आज खुलेको छ ।मंसिर ७ गते राजनितिक चुनाव प्रयोजनको लागि कुनै पूर्व सूचना क्याम्पस प्रशासनले स्थानीय बिदा दिएको बिरोधमा अनेरास्वीयु क्याम्पस कमिटीले मंसिर ८ गते क्याम्पस प्रमुख देवीप्रसाद सुवेदीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । मंसि ७ गते भएको नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनको...

एमाले महाधिवेशन : मतदान सकियाे

एमाले महाधिवेशन : मतदान सकियाे
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने ।निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्द...

एमाले महाधिवेशन अपडेट : १६ सयले मत हाले उमेद्वारहरु मत माग्दै

एमाले महाधिवेशन अपडेट : १६ सयले मत हाले उमेद्वारहरु मत माग्दै
सौराहा । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा अहिलेसम्म १६ सय भन्दा धेरै मत खसेको छ ।मङ्सिर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । अहिलेसम्म एकहजार ६ सय मत खसेको निर्वाचन आयोगका सदस्य वावुराम दाहालले जानकारी दिनु भयो । कुल २१ सय ५३ मतदाता रहेको महाधिवेशनमा अहिलेपनि मतदान चलिरहेको छ । अध्यक्षमा रावलले मत मा...

नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग

नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न रावलको माग
चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयन प्रक्रियाको निर्वाचन रोक्न माग गरेका छन् ।रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले निर्वाचन रोक्न माग गरेका हुन् । पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई निर्वाचन रोक्न आग्रह गरेको जानकारी दिएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इल...