×

गैँडाकाेट । अध्यक्ष पदका लागि नेकपा एमाले गैँडाकोट वडा नम्बर २ मा दुई नेताले उमेदबारी दिएपछि नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेलाई सकस परेको छ ।युवानेताहरु भूमिश्वर भूसाल (राजु) र देशबन्धु सिग्देलले अध्यक्ष पदमा आ आफ्नो अडान नछाडेपछि नेतृत्व चयन हुन सकेको छैन । शनिवारका लागि तय गरिएको नेतृत्व चयनको प्रकृया सोमबारका लागि सारिएको छ ।

अध्यक्ष पदका उमेदबार भूमिश्वर भूसाल (राजु)ले देशबन्धु सिग्देलकै सर्मथनमा आफुले उमेदवारी दिएको उज्यालो खबरलाई बताए । मैले उहाँकै सर्मथनमा अध्यक्ष पदमा उमेदवारी दिएको हुँ उनले भने पछि वन्धु जि ले पनि दिनुभएछ । विगत १० वर्षदेखि पार्टिलाई अगाडी बढाउन काम गर्दै आएको भन्दै उनले अध्यक्षको रुपमा पार्टिकै हितका लागि काम गर्ने चाहना रहेको बताए ।

अध्यक्ष पदका अर्का प्रत्यासी देशबन्धु सिग्देलले वडा नं. २ लाई थप बलियो बनाउन आफुले नेतृत्व गर्ने बेला आएको बताए । नगरका अन्य वडा भन्दा २ नं. वडा केहि परक छ उनले भने त्यसैले युवा विद्यार्थी, व्यवसायी, किसान, मजदुर हरेकको भावनालाई समेटेर अगाडी बढ्ने चुनौति पार गर्न आफु सफल हुने उनले धारणा राखे ।

तपाईको प्रतिक्रिया