नवलपुर । गुल्मीमा गएराति भएको जिप दुर्घटनामा परि तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाईते भएका छन् ।
बुटवलबाट सदरमुुकाम तम्घास तर्फ जाँदै गरेको लु १ ज ४४९० नम्मरको जिप रेसुगां नगरपालिका वडा नं. १० छहराबाट ५०० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. २ जलजलाका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका वडा नं. ३ नेटाकी १९ वर्षीया संगिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईको प्रतिक्रिया