गैँडाकोट । नवलपुरको गैँडाकोटबाट २ जना महिलाको सिक्री लुटिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा रहेको हाटबजारबाट विहिवार साँझ ८ वजे दुईजना महिलाको पौने ४ तोला बराबरको सिक्री लुटिएको हो ।

गैँडाकोट नगरपालिका वडा नं. ५ की लक्ष्मी लोहनी र वडा नं. २ की अन्जु आचार्यको सिक्री हाटबजारमा आलु छान्दै गरेको अवस्थामा लुटिएको हो ।लोहनीको पौने २ तोला र आचार्यको २ तोलाको सिक्री लुटिएको उनिहरुले जनाएका छन् ।

नजिकै रहेको सीसीटिभी फुटेजमा अन्दाजी १३।१४ वर्षको मधेषी मुलको जस्तो देखिने बालक भाग्दै गरेको देखिएको छ ।घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया