Month: October 2021

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी वन कार्यालयको नियन्त्रणमा

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी  वन कार्यालयको नियन्त्रणमा
भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौली जंगलमा चित्तल मार्ने एउटा बोलेरो गाडीलाई डिभिजन वन कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार सुरेशचन्द्र अधिकारीको व्यवसाय भिजन सप्लायर्सको नाममा रहेको बा १० च २७९४ नम्बरको बोलेरोले कार्तिक २ गते टिकौलीमा चित्तललाई ठक्कर दिएको थियो । दूध बोकेर टाँडीतर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट करिब डेढ वर्षको भाले चित्तल मरेको थियो । अधिकारीको बसेनीमा दूध डेर...

स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली साेमबार चितवन आउने

स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली साेमबार चितवन आउने
चितवन- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि सोमबार चितवन आउँदै हुनुहुन्छ । जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली चितवन आउन लाग्नुभएको हो । स्थलमार्गबाट अध्यक्ष ओली बिहान चितवन आइपुग्नुहुनेछ । उहाँ चितवन आउनेबित्तिकै नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदनआश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढक...

गैँडाकोटमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

गैँडाकोटमा जुवा खेल्दै गरेका ८ जना पक्राउ
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटबाट जुुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् । जुवा खेल्दै गरेका ८ जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट १ लाख ८९ हजार ३ सय ८० रुपैँया नगद सहित तीनबुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । जुवा खेलेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको टोलिले छापा हानेको हो ।पक्राउ परेकाहरुमाथी जुवा मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको ...

चिसाप लीला–नर्मदा साहित्य पुरस्कार कँडेललाई

चिसाप लीला–नर्मदा साहित्य पुरस्कार कँडेललाई
चितवन । साहित्यिक कृति ‘मोसो’ उपन्यासका लागि पत्रकार सूर्यप्रकाश कँडेलले चिसाप लीला–नर्मदा साहित्य पुरस्कार पाउने भएका छन् । २०७७ सालमा प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट ठहरिएको कृति ‘मोसो’ का लागि लेखक कँडेललाई यो पुरस्कार अर्पण गर्न लागिएको हो । चितवन साहित्य परिषद (चिसाप) का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले पत्रकार एवं लेखक कँडेललाई उनको पहिलो कृति ‘मोसो’ का लागि चिसाप लीला–नर्मदा साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरेको सचिव बालकृष्ण थप...

नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने

नेपालसहित दर्जन बढी देशका नागरिकले सोमबारदेखि थाइल्यान्ड भ्रमण गर्न पाउने
काठमाडौं । थाइल्यान्ड सरकारले भोलि सोमबारदेखि नेपाललगायत विभिन्न मुलुकका नागरिकलाई सो मुुलुक भ्रमणका लागि पुनः खुला गर्ने भएको छ। कोरोना भाइरसको संक्रमण दर न्यून रहेका नेपाललगायत लाओस, म्यानमार, फिलिपिन्स, क्रोएसिया, इन्डानेसिया, कुवेत, माल्दिभ्स, मंगोलिया, ओमन, रोमानिया, स्लोभाकिया, श्रीलंका र भियतनाम लगायतका मुलुकका नागरिकले थाइल्याण्ड प्रवेश गर्न पाउने भएका हुन्। थाइल्यान्डको बिदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो।    

किसानकाे २४ औं सेवाकेन्द्र हर्कपुरमा, यसैबर्ष ३० वटा सेवाकेन्द्र पुर्याउछौ : अध्यक्ष चालिसे

किसानकाे २४ औं सेवाकेन्द्र हर्कपुरमा, यसैबर्ष ३० वटा सेवाकेन्द्र पुर्याउछौ : अध्यक्ष चालिसे
नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा २४ औं सेवाकेन्द्र उद्घाटन गरेको छ । समृद्ध सदस्य  दिगो परिकल्पनाका साथ २४ औ सेवाकेन्द्रको आज एक समारोहका विच उद्घाटन गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकाेट नगरपालिका वडा नं‍ ११का अध्यक्ष गोविन्द सुवेदीले रिवन काट्दै  खुत्रुकेमा पैसा राखेर सेवाकेन्द्रकाे उद्घाटन गर्नुभयाे । सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक मा...

वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, १२ पासलाई पनि अवसर (सूचनासहित)

वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, १२ पासलाई पनि अवसर (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ८१४ जना कर्मचारी मागेको छ । बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोकसेवा आयोगको सहमति अनुसार खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरिएको बैंकले सूचनामार्फत भनेको छ । यस्तै सूचना अनुसार वरिष्ठ प्रबन्धक पदका लागि २ जना, प्रबन्धक ६, उपप्रबन्धक १८, उपप्रबन्धकमा १ जना कर्मचारीको विज्ञापन आह्वान गरेको छ । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ । यसपछि भने दरखास्त दिँदा ‘दोब्बर दस्तुर’ लाग्ने बैंकले जनाएको छ । बैंकले तोके...

भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो।१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो।साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्...

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपुरमा ६ जना पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपुरमा ६ जना पक्राउ
नवलपुर । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार, मध्यबिन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो, १७ वर्षीय बालक र घटनामा सहयोग गरेको आरोपमा सोही स्थानकी २३ वर्षीय लक्ष्मी कुमाललाई कात्तिक १२ गते र थप दुई जना युवकलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले विभिन्न मितिमा पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध कात्तिक १२ गते मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलप...