१ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’ खरिद : चितवनका २ सहित ३ जना पक्राउ 

१ लाख ७० हजारमा ‘नक्कली सर्टिफिकेट’ खरिद : चितवनका २ सहित ३ जना पक्राउ 
अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । युएस डाइभर्सिटी भिसा २०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन् । जीवन कार्कीले नविन दराईसँग १ लाख ७० हजार लिएर सर...

यी हुन् नवलपुरमा कांग्रेस हाँक्ने हस्तीहरु !

यी हुन् नवलपुरमा कांग्रेस हाँक्ने हस्तीहरु !
नवलपुर  । नवलपुरमा नेपाली कांग्रेसको गाउँ तथा नगर अधिवेशन सकिएको छ । मध्यविन्दु नगरपालिकाको मतगणनाको अन्तिम परिणाम आज घोषणा गरिएसँगै सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले गैँडाकोटमा बद्री सापकोटा, देवचुलीमा डिल्लिराम कडरिया, कावासोतीमा शालिकराम ढकाल, मध्यविन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना, विनयी त्रिवेणीमा अजित कुमार थापा, बौदिकालीमा केवी राना र बुलिङटारमा ओमकुमार श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार
काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन । दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किन...

एमाले विधान महाधिवेशन : ५ हजारभन्दा बढी सहभागी, काठमाडौंका प्रमुख स्थानबाट लाइभ

एमाले विधान महाधिवेशन : ५ हजारभन्दा बढी सहभागी, काठमाडौंका प्रमुख स्थानबाट लाइभ
काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी जीवनमै पहिलोपटक विधान महाधिवेशन गर्दै छ। असोज १५ देखि १७ गतेसम्मका लागि तोकिएको यो महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुँदै छ। महाधिवेशन आयोजनाका लागि रोजिएको यो सम्मेलन केन्द्रको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेला गत वैशाखमा गरेका थिए। एमालेले यस महाधिवेशन धेरै अर्थमा महत्त्वपूर्ण हुने दाबी गरेको छ। त्यसलाई भव्य र सभ्य बनाउन उसले पार्टीपंक्तिलाई पूर्णरु...

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो मुख्य   मन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएका थिए। त्यसअन्तर्गत छात्राहरूलाई साइकल वितरण भइरहेको थियो।साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ। ‘साइकल खरिद गर...

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )

र्‍यापर हस्ट्लरले ल्याए ‘चितवनबाट’ ( भिडिओ सहित )
चितवन – र्‍यापर हस्ट्लर गोविन्दले ‘चितवनबाट’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत मंगलबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । नारायणगढस्थित चुल्हो रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच उक्त गीत प्रिमियर गरिएको हो। गीतको भिडियोमा चितवनको सौन्दर्यतालाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । उक्त गीतमा चितवनबाट संघर्ष गर्दै सफलता चुमेका कलाकार तथा संगीतकर्मीहरुलाई पनि प्रस्तुत गरिएको छ । उनीहरुको संघर्षको कथालाई गीतको माध्यमबाट देखाउन खोजिएको छ । प्रिमियर कार्...

नारायणी बहुप्राविधिक शिक्षालयद्धारा गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रयास

नारायणी बहुप्राविधिक शिक्षालयद्धारा गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रयास
चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटी अन्तर्गत चितवनको भरतपुरमा सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालयले गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रक्रिया पूरा गरेर मात्र प्रशिक्षक नियुक्त गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सो शिक्षालय सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था छ । तर, शिक्षालयका प्रमुख ईश्वरचन्द्र घिमिरेले आफ्नै अध्यक्षताम...

चितवनका थारु समुदायमा जितियाको रौनक, आज निराहर ब्रत बसेर जितिया मनाउँदै

चितवनका थारु समुदायमा जितियाको रौनक, आज निराहर ब्रत बसेर जितिया मनाउँदै
चितवन–चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् ।थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाउन लागिएको हो । विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु आज विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् । तीन दिन...

कांग्रेस महाधिवेशन : गैँडाकोट सभापतिमा बद्री सापकोटा भारी मतले विजयी

कांग्रेस महाधिवेशन :  गैँडाकोट सभापतिमा बद्री सापकोटा भारी मतले विजयी
गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोटको सभापतिमा युवा नेता बद्री सापकोटा विजयी भएका छन् । आज सम्पन्न १४ औं महाधिवेशन मार्फत आफ्ना प्रतिष्पर्धी खेमराज सापकोटालाई भारी मतले पछि पार्दै युवा नेता सापकोटा सभापति पदमा विजयी भएका हुन् । कुल खसेको ४७४ मत मध्ये सभापति पदमा विजयी बद्री सापकोटाले ३१३ मत प्राप्त गरे भने सभापति पदका प्रत्यासी खेमराज सापकोटाले १५५ मतमा चित्त बुझाए ।२ उपसभापति पदमा तोकिएकै संख्यामा मात्रै उमेदवारी परेपछि यसअघि नै सभापति पदमा विजयी बद्री सापकोटा प्यानलका  र...