नवलपुर । नेपाली कांग्रेस गैँडाकोटको नयाँ नेतृत्व हत्याउन चारजनाले मुख्य रुपमा आकांक्षा देखाएपनि सबैभन्दा बलियो उमेदवार बद्री सापकोटा देखिएका छन् । युवाहरुमाझ लोकप्रिय देखिएका बद्री सापकोटा नगर सभापतिको सबैभन्दा बलियो उमेद्वार देखिएका हुन ।

युवा नेता सापकोटाले पार्टि संगठनलाई बलियो बनाउन आफुले उमेदवारी दिने बताए ।गैँडाकोटमा पार्टिलाई बलियो बनाउन मेरो शतप्रतिशत उमेदवारी रहन्छ उनले भने कांग्रेस माथि भैरहेको प्रहारलाई रोक्नको लागि मेरो उमेदवारी हुनेछ।

विस. २०५० सालदेखि पार्टिका विभिन्न जिम्मेबारीमा रहेर काम गरेका सापकोटा नेविसंघको राजनीतिमा बढी सकृय थिए । काग्रेस भित्र अध्ययनशील मानिने उनि युवाहरुमाझ लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।नगरका ४८५ जना मतदाताले आफुलाई रोजेको भन्दै कांग्रेसलाई बलियो बनाउन आफुले सभापति भएर काम गर्ने उनले बताए ।

गैँडाकोटमा सभापतिमा बद्री सापकोटा सँगै दाताराम घिमिरे, खगराज सापकोटा र खेमराज सापकोटाले उमेदवारी दिने बताएका छन् ।चारजनाले सभापतिका लागि उमेदवारी दिने बताएपनि अन्तिममा आएर दुईजना विच प्रतिष्पर्धा हुने कंग्रेसजनहरु बताउछन् । नेपाली काग्रेसको १४ औ महाधिबेशन अन्तर्गत नगरसभापति चयनका लागि असोज ९ गते अधिवेशन हुँदैछ ।

नयाँ नेतृत्व चयन  सर्वसम्मत बनाउने प्रयास स्वरुप नेता तारापति खरेलकाे संयाेजकत्वमा एक स‌ंयन्त्र गठन गरिएकाे छ । साे संयन्त्रकाे सदस्यहरुमा मदनभक्त अधिकारी ,गजेन्द्र बहादुर आले, ‌ओम प्रसाद सापकाेटा र विष्णु कुमारी कंडेल (सापकाेटा)  सदस्य छन् । संयन्त्रले सहमतिकाे लागि छलफल र प्रयास गरेपनि नयाँ नेतृत्व चयनका लागि मतदान हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया