नवलपुर । निर्वाचन आयोगले दल रोज दिएको समय अवधि सकिएको छ । नवलपुरमा नयाँ दल रोज्ने जनप्रतिनिधि शून्य रहेको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधि नवलपुरमा रहेपनि जसपाका भने कुनै प्रतिनिधि रहेका थिएनन् । आयोगले दिएको समयमा नवलपुरबाट नेकपा एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी ) कसैले पनि रोजेनन् ।

भदौ २२ गते सम्मको अवधिमा माधव नेपालले नेकपा एमाले फुटाएर बनाएको नयाँ दल नेकपा एस रोज्ने जनप्रतिनिधि शून्य रहेको छ । नवलपुरमा नेकपा एमाले एकढिक्का देखिएको छ । अन्य जिल्ला स्तरका केही नेता नेकपा एसमा लागेको भएपनि प्रभाव शून्य रहेको छ ।

नवलपुरमा नेकपा एमालेबाट गत निर्वाचनमा एक संघीय सांसद, तीन प्रदेश सभा सदस्य, दुई नगरप्रमुख, दुई नगर उपप्रमुख, एक गाउँपालिका उपाध्यक्ष सहित ३३ वडा जितेको छ । तर एमाले निर्वाचित कुनै पनि जनप्रतिनिधिले नयाँ दल नरोजेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्व नवलपुरका जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद भुसालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया