नेपाल जर्नी संस्थाले हेटौडामा निमार्ण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय नेपालको उत्कृष्ट पुस्तकालयका रुपमा सम्मानित भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाण्डौले नेपाल जर्नी ले हेटौडामा निमार्ण गरेको नेपाल जर्नी पब्लिक पुस्तकालय लाई नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा कदर पत्रले सम्मान गरेको हो ।

चौधौं पुस्तकालय दिवसका मुल समाहरोह समिति २०७८ ले सन्चालन गरेको भर्चुअल समारोहमा नेपाल जर्नी पुस्तकालयलाइ नेपालको उत्कृष्ठ पुस्तकालयका रुपमा सम्मान गरेको हो ।हेटौडा उपमहानगर पालिका ४ को बाल उद्यान केन्द्रमा २०७६ सालमा स्थापना भएर त्यसै रहेको पुस्तकालयलाई ब्रहमकुमारी राज योग केन्द्रको पहलमा नेपाल जर्नी संस्थाले सुचना तथा सञ्चारको उपयोग सहित अनलाईन माध्यामबाट अध्यान गर्न सक्ने गरि नेपालकै नमुना नेपाल जर्नी पब्लिक पुस्तकालय निमार्ण गरेको थियो ।यसको ब्यवस्थापन राजयोग केन्द्रले गरिरहेको छ भने मुख्य गरि राष्ट्यि राज योग प्रशिक्षक ब्रहमकुमार बिजय राज सिग्देलले यसको मुल ब्यवस्थापन गर्नु भएको छ ।

चौधौं पुस्तकालय दिवसका मुल समाहरोह समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव रामप्रसाद थपलिया , मुल समाहरोह समिति उपाध्यक्ष एवं मन्त्रालयका सहसचिव दिपक शर्मा र पुस्तकालय समन्वय तथा अभिलेख शाखा सिंहदरबार, काठमाडौंका प्रमुख एवं मुल समाहरोह समितिका सदस्य सचिव यादवचन्द्र निरौलाले हस्ताक्षर गरी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाल जर्नी अमेरिकामा रहेका नेपालिहरुले नेपालमा शिक्षाका क्षेत्रमा काम गर्न स्थापना गरेको संस्था हो । चितवन निबासी मौषमी श्रेष्ठको अध्यक्षतामा रहेको यो संस्थाले नेपालका धेरै बिद्यालयहरुमा पुस्तकालय निमार्ण गरेको छ भने अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गर्दै आएको । पुस्तकालय निमार्णका लागी अमेरिका र अरु धेरै देशमा रहेका नेपालिहरुले आफुले सकेको रकम जम्मा गर्ने गरेका छन् ।

संस्थाले हेटौडामा ५० लाखको लागतमा पुस्तकालय निमार्ण गरेको हो त्यस्तै चितवन स्यागंजा नवलपरासी लगाएतका जिल्लाका बिभिन्न ठाउँमा पुस्तकालय निमार्णका लागी सहयोगहरु गरिरहेको छ ।चितवनको भरतपुर महानगर ४ मा पनि संस्थाले भवन सहित अत्याधुनिक सुबिधा सम्पन्न पुस्तकालय निमार्णको काम सुरु गर्न लागेको छ ।अमेरिकामा रहेको नमुना पुस्तकालयहरुको अध्यान सहित नेपाली डिजाईनमा नमुना कलात्मक प्रबिधि मैत्रि पुस्तकालय निमार्ण गर्ने तयारी भईराखेको नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष गोपाल भण्डारीले बताए ।भरतपुरमा पुस्तकालय निमार्णका लागी अमेरिकामा रहेको मौषमी श्रेष्ठ सहितको टिम सक्रिय रुपमा लागेको छ ।

 

तपाईको प्रतिक्रिया