Month: September 2021

शुक्रवारबाट आउँदैछ न्यादी हाइड्रोपावरको आईपीओ

शुक्रवारबाट आउँदैछ न्यादी हाइड्रोपावरको आईपीओ
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले  असोज १५ गतेबाट रु। २२ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित...

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारी चढ्न रोक लगाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सो निर्णय गरेका हुन् । जिल्ला प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा य...

अपागं जिवन विकास संस्थामा मौलाकालिका लिलिले खाना खुवायो

अपागं जिवन विकास संस्थामा मौलाकालिका लिलिले खाना खुवायो
गैँडाकोट । लायन्स क्लव अफ मौलाकालिका लिलिले अपागं जिवन विकास संस्थामा रहेका असाहयहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको अपांग जिवनविकास संस्थामा पुगेर त्यहाँ रहेका आश्रीतहरुका लागि विहानको खाना खुवाइएको लायन्स क्लव अफ मौलाकालिका लिलिका अध्यक्ष भूमा पूनले जानकारी दिनुभयो । क्लवका अध्यक्ष भूमा पून तथा ग्रीनका थर्ड भिपी गजेन्द्र न्यौपानेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन (३५) शान्ति न्यौपाने प्रमुख अति...

नवलपुरका पत्रकार राना र रेग्मी कांग्रेसकाे सकृय राजनितिमा प्रवेश !

नवलपुरका पत्रकार राना र रेग्मी कांग्रेसकाे सकृय राजनितिमा प्रवेश !
नवलपुर । नवलपरासी (पूर्व) का २ जना युवा पत्रकार केवी राना र आशिष नेपाली कांग्रेसको सकृय राजनितिमा प्रवेश गरेका छन् । हालै सम्पन्न नेपाली काग्रेसको १४ औं महाधिवेशन मार्फत राना र रेग्मी क्रमशः गाउँपालिकाको सभापति र सचिव पदमा निर्वाचित भएका हुन् । पत्रकार केवी राना नेपाली कांग्रेस बौदीकाली गाउँपालिकाको सभापति पदमा निर्वाचित भए भने पत्रकार आशिष रेग्मी (चोलाकान्त) काग्रेस हुप्सेकोट गाउँपालिकाको सचिव पदमा निर्वाचित भए । काग्रेस निटक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका केन...

वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष

वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष
सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उ...

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा मूलतः संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेतालाई आमन्त्रण गरिएको छ । ...

मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले आजको मन्त्रिपरिषद बैठक नियमित बैठक नै भएको बताए ।उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।

गण्डकीका १० जिल्लालाई पछि पार्दै स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) प्रथम

गण्डकीका १० जिल्लालाई पछि पार्दै स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) प्रथम
सुस्मा न्याैपाने नवलपुर।गण्डकी प्रदेशका १० जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) कार्य सम्पादनका हिसावले प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आ.व २०७७ ७८ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले ७५.४२ प्रतिशत अंक प्राप्त गरेको हो । खोप सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, तथा विभिन्न स्वास्थ्य सम्वन्धी...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । स्वकीय सचिव मोहन गौतमले भने, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । गौतमका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य अवस्थ...