नवलपुर । उच्च शिक्षा अध्ययन गरी परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि लक्षीत गर्दै गैँडाकोट नगरपालिकाले भोलि सोमबार कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
नगरपालिका क्षेत्रभित्र बसोबास गरि उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि एस्ट्राजेनेका खोप लगाईने भएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. १ देखि ९ सम्मका विद्यार्थीहरुले गैँडाकोट स्वास्थ्यचौकी र वडा नं. १० देखि १८ सम्मका विद्यार्थीहरुले गैँडाकोट नगर अस्पतालमा पुगेर खोप लगाउन सक्ने गैँडाकोट नगरपालिकाले जनाएको छ ।
खोप लगाउन जाँदा विद्यार्थीहरुले अनिवार्य रुपमा प्रवेशपत्र देखाउनु पर्ने भन्दै नगरपालिकाले प्रवेशपत्र विना खोप लगाउन बाध्य नहुने जनाएको छ  ।

 

तपाईको प्रतिक्रिया