काठमाडौं । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

 

तपाईको प्रतिक्रिया