विश्व स्तनपान सप्ताह अहिले चलिरहेको छ । शनिवारदेखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन  सकेको छैन । शिक्षित मानिएका अनि देशकै राजधानीमा बस्नेलाई त अझै स्नतपान बारेमा राम्रो ज्ञान छैन भने दुर्गम ठाउँमा रहेकाको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ ।

किन गराउँनु पर्छ स्तनपान ?

गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बग्न थालेको हुन्छ । पहेँलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । जन्मेपछि स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो ।

स्तनपान गराउने तरिका :

– सबैभन्दा पहिला शिशुले दूधको निप्पल तथा कालो भाग मुखभित्रै छिरेको हुनुपर्छ ।

– दूध पिएको आवाज आउनु पर्छ ।

– शिशु आनन्दले बसेको हुनुपर्छ ।  –

– दिउँसो कम्तिमा पनि दुई दुई घण्टाको फरकमा खुवाउनु पर्छ  ।

– खान खोजे १ घण्टामा पनि खुवाउनु पर्छ ।

– रातिमा तीनदेखि चार घण्टाको फरकमा खुवाउनै पर्छ ।

स्तनपानले आमालाई हुने फाइदा :

आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ ।

हर्मोनको गडबढीलाई सन्तुलन हन्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ ।

पाठेघरको समस्या हुने सम्भावना कम हुन्छ ।

नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन ।

उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन ।

आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ ।

आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्छन ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले प्रतिरोधात्मक तत्वहरु बनाउँछ ।

यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ ।

यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन ।

छ देखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार मानिन्छ ।

स्तनपान सम्बन्धी गलत धारणा :

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन ।  शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।

तपाईको प्रतिक्रिया