Month: August 2021

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन
माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको केन्द्रीय सदस्यमा चितवनका दुई युवा चयन भएका छन् । काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट चितवनका युवाहरु साजन अधिकारी र सन्तोष पनेरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । राष्ट्रिय भेलाले संगठनको अध्यक्ष बाहेक अन्य सबै पदमा चयन गरेको छ । भेलाले अध्यक्षको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यमा चयन भएका दुई युवाहरु जिल्लाको राजनीतिमा क्रियाशिल छन् । उनीहरुले जिल्लामा संगठ...

एसएसबीको उपस्थितिमै दार्चुला घटना भएकाे छानविन समितिकाे निष्कर्ष

एसएसबीको उपस्थितिमै दार्चुला घटना भएकाे छानविन समितिकाे निष्कर्ष
काठमाडौं । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानवि समितिले एसएसबीको संलग्नतामा पुन अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका...

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन
चितवन–भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ...

६९ अङ्कले घटेको नेप्से ३ हजार विन्दुबाट तल झर्‍यो

६९ अङ्कले घटेको नेप्से ३ हजार विन्दुबाट तल झर्‍यो
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ६९ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६९ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर २३ अङ्कले, विकास बैंक समूहको दुई सय पाँच अङ्कले, व्यापारको एक सय ६ अङ्कले, होटलको ४६ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय २४ अङ्कले घटेको छ । यस्तै फाइनान्सको एक सय एक अङ्कले, माइक्रोफाइनान्सको एक सय ६४ अङ्कले, बीमा समूहको चार सय ४७ अङ्कले, निर्जीवन बीमा समूहको तीन स...

वागमती प्रदेश: एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद जाने निश्चित

वागमती प्रदेश:  एमालेका १२ सांसद समाजवादीमा, अष्टलक्ष्मीको मुख्यमन्त्री पद जाने निश्चित
हेटौँडा।  वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल लगायत १२ सांसदले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् । उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ । १२ ...

स्वास्थ्य राज्यमन्त्रीको १ महिनाः नियम विपरित विशिष्ट तहका कर्मचारीको जथाभावी सरुवा

स्वास्थ्य राज्यमन्त्रीको १ महिनाः नियम विपरित विशिष्ट तहका कर्मचारीको जथाभावी सरुवा
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्रालय भित्रिएको एक महिना कटेको छ । मन्त्रालयको कमाण्ड सम्हाल्दैं गर्दा आधा निजी सम्पत्ति राज्यलाई दिने घोषणा गरेर चर्चामा आएका श्रेष्ठले मन्त्रालयका गरेका नियुक्तिहरु विवादित हुँदैं गएका छन् । धनाढ्य व्यवसायी श्रेष्ठले आफूसँग म्यानेजमेण्टको राम्रो अनुभव रहेको बताउँदैं स्वास्थ्यको भद्रगोल व्यवस्थापनलाई सुधार्ने बाचा समेत गरेका थिए । तर, क्षमताअनुसारको काम भन्ने व्यवस्थापकीय मान्यताको खिल्ली उडाउँदैं उनले योग्यता...

बाढीले पाइप बगाउँदा पानीको हाहाकार

बाढीले पाइप बगाउँदा पानीको हाहाकार
नवलपुर । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी बर्दघाट–सुस्तापूर्व को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो । देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेर...

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै

जयसिंह धामी बेपत्ता भएको एक महिना : छानबिन प्रतिवेदनमा सरकार पन्छिँदै
काठमाण्डौ ।  दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । तेस्रो पटकको म्याद आज सकिँदैछ ।...

दाउन्नेमा पहिरो खसेपछि अवरुद्ध सडक एकतर्फी खुल्याे

दाउन्नेमा पहिरो खसेपछि अवरुद्ध सडक एकतर्फी खुल्याे
नवलपुर । नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउन्नेको वाँसघारी र खुर्सानी खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।आज अपरान्ह साढे ४ वजेबाट अवरुद्ध भएको सडक राति ८ वजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले उज्यालो खबरलाई जानकारी दिए । तीन चार दिन देखि परेको अबिरल वर्षाका कारण करिब १०० मिटर लामो पहिरो खसेको थियो । दुवै तर्फका सुरक्षा निकायहरुले सडक खुलाउनका लागि पहल गरेका थिए ।एकतर्फी रुपमा सडक सञ्चालन भएको भ...